जीवन सरलरेखा जसरी अघि बढ्दैन । यदि त्यसरी अघि बढ्दो हो त जीवनको कुनै रङ्ग हुने थिएन । रङ्ग विनाको जीवनको व्याख्या गर्नु जरुरी पनि नहुँदो हो तर त्यसो होइन । जीवनका रेखाहरू तलमाथि-माथितल हुँदै त्यससँग जोडिएका अनुभूतिलाई उन...
समीक्षा/समालोचना
ताम्बा दर्शन : केही टिप्पणी
१. पुस्तक प्राप्ति र अवलोकन लेखक अमृत योन्जन–तामाङले ‘ताम्बा दर्शन (२०७२)’ पुस्तक पढ्नका लागि मलाई उपहारको रुपमा दिएका थिए । चाइल्डस्पेश फाउन्डेशन, नेपाल, काठमाडौँद्वारा प्रकाशित उक्त पुस्तकको शीर्षकले नै मलाई आकर्षित...
राजनीतिक चेतमा हुर्केको ‘सपना र सङ्घर्ष’
निदाएको बेला सपनाहरू धेरैले देख्ने गर्छन् । ती सपनाहरू मध्ये धेरै सपना फगत सपना भएर आउँछन् र जान्छन् । त्यसको तथ्याङ्कमा कुनै हिसाबकिताब राखिँदैन । सायद त्यो सम्भव पनि नहोला । त्यसैले त मान्छेहरू निसंकोच सपनाहरू देख्ने ग...
‘सपना र सङ्घर्ष’ का कथाहरूबारे
पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरको एउटा सानो गाउँबाट आएको भुँइमान्छे म । कुखुरे बैंश सुरु हुँदै थियो जीवनमा । गाउँबाट राजधानी छिर्दा एसएलसीको परीक्षा दिएर हिँडेको थिएँ । पास नहुने कुराको चिन्ता थिएन, डिभिजन के आउँछ भन्...
असाधारण श्रद्धा समर्पण स्मृतिपटलमा तपस्वीहरु
कतिपय पलहरूलाई जीवनबाट अलग गरेर हेर्दा र बुझ्दा सग्लो जीवन नै अपुरो र अधुरो हुने गर्छ । त्यस्ता पलहरू जसले जीवनको बाँच्ने लय मात्र होइन जीवनप्रतिको बुझाइ र दर्शनमा नै फरक पार्दछ । लेखक अच्युतकृष्ण खरेलले सन्त, महात्माहरू...
‘थोर्बा दोखाङ’ को यात्रा
जीवनमा बाटो धेरै हुन्छन् । बाटोले पहिल्याउने गन्तव्यहरू पनि त्यति नै । ती सबै बाटोले बनाएको गन्तव्यलाई स्पर्श गर्छ नै भन्ने पनि छैन । तर पनि मानिसहरू बाटोले बनाएको गन्तव्य पुगोस् नपुगोस् हिँड्न भने छाड्दैनन् । हिँड्दाहिँ...
पुस्तकमा बहुआयामिक व्यक्तित्व दावाफिन्जो तामाङ
‘जीवन त कर्कलाको पातमा जमेको बिन्दु जस्तै रहेछ । यो दुई दिनको जस्तो लाग्छ । आज गफिरहेका हुन्छौँ । भोलि के होला कसलाई के थाहा ? त्यसैले झगडा गर्न वा झूट बोल्न नहुने रहेछ ।’ (पेज ३२६-३२७) सुन्दा सामान्य लाग्ने तर गामेर बुझ...
सांस्कृतिक चेतमा ‘रातो घर’
मिश्रबाट प्रारम्भ मानिएको मानव सभ्यता आजको यो दिनसम्म आइपुग्दा अझ निरन्तर अघि बढिरहेको छ । सायद यो गति थामिने छैन जबसम्म मानव जाति रहन्छ । त्यही सभ्यताको विकासको क्रममा तामाङ पुर्खाले आफ्नो सन्ततिको लागि निर्माण गरेको घर...
एउटा अभियन्ताको आत्मकथा “सपना र संघर्ष”
नेपालको पूर्वी जिल्ला भोजपुरको आहालेमा वि.सं. २०१९ सालमा जन्मिएका कुमार योन्जन तामाङ एक सामाजिक र राजनीतिक अभियन्ता हुन् । गाउँकै विद्यालयबाट शिक्षा आरम्भ गरेका योन्जन काठमाडौँ छिरेपछि कानुनमा स्नातक उत्तीर्ण गरी नेपालको...
‘प्रिय मौनता’ समीक्षा : पाठकीय हृदयको विमर्शमा
कवि नेत्र एटमको ‘प्रिय मौनता’ उपासना कविताहरूको सङ्ग्रह हो । यसमा सख्खरको मिठास, प्रखरता र सदाबहार रहने व्यापक प्रेमको शालीन आवाज प्रतिध्वनित छ । कविको आफ्नोपन भन्नु नै हृदय र दिमागले प्रकृतिलाई गर्ने विराट प्रेम भएक...