गरिमा विकास बैङ्कको नाफा २६.३५ प्रतिशत ले बढेपछि १ अर्ब माथि

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
98 Shares
काठमाडाैं

गरिमा विकास बैङ्कको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशत ले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा बैङ्कले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७% र सञ्चालन नाफा २५.३५% ले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैङ्कको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५०% ले बढेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यस बैङ्कको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका