प्रधानमन्त्री शितल निवासमा, आजै नयाँ गठबन्धनको मन्त्री बन्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं‌

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ समिकरणको बैठक सकेर शितल निवासतर्फ गएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास गएका हुन् ।

स्रोतका अनुसार नयाँ समीकरणबाट संघीय सरकार बनाउने समझदारी बनेपछिको परिस्थितिलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री राष्ट्रपति निवास गएको हो।

माओवादी, एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेको छ। आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन्।

तपाईको प्रतिक्रिया