म्हेन्दोला फोले फाउन्डेसनको वेबसाइट सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
462 Shares
काठमाडौं‌

म्हेन्दोला फोले फाउन्डेसनको वेबसाइट औपचारिक रूपमा उद्घाटन गरिएको छ । सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना भएको फाउन्डेसनको आधिकारिक वेबसाइट ‘म्हेन्दोला फोले डट ओआरजी’ सार्वजनिक गरेका हुन्।

कार्यक्रमबिच वाग्मती प्रदेशका सांसद एवं पूर्वमन्त्री तीर्थबहादुर लामाले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री एवं वाग्मती प्रदेशका सांसद लामाले सामाजिक उद्देश्यले राम्रो काम सुरु गरेको भन्दै यसमा आफ्नो साथ रहने प्रतिबद्धता जनाए । उनले सबैलाई एक ठाउँमा ल्याएर सामाजिक हितमा काम गर्ने प्रयास सराहनीय भएको बताए । फाउन्डेसनको वेबसाइटमार्फत विश्वभरबाट सहयोग जुटाउन र फाउन्डेसनमा जोडिन सक्ने व्यवस्था गरिएको जानकारी दिइएको छ ।

टेलिभिजन कार्यक्रमलाई फाउन्डेसनमा रूपान्तरण गरिएको फाउन्डेसनका अध्यक्ष सुनिल लामाले जानकारी दिए । एनटिभी प्लसमा २०६२ सालदेखि सञ्चालनमा आएको उक्त कार्यक्रम हाल बन्द रहे पनि पोडकास्टको रूपमा निरन्तरता दिइएको उनले बताए ।

फाउन्डेसनले समाजमा शिक्षा, स्वास्थ्यलगायत विविध क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ । विश्वभरबाट सहयोग जुटाएर आवश्यक क्षेत्रमा काम गर्ने अध्यक्ष लामाले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका