राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं
sf7df8f}F, ( kmfu'g kz'kltgfysf] bz{gkl5 /fi6«klt e08f/L /fi6«klt ljBfb]jL e08f/L dxflzj/flqsf cj;/df z'qmaf/ kz'kltgfy dlGb/df bz{g u/L kms{g] qmddf ;j{;fwf/0fnfO{ clejfbg ub}{ . t:jL/ M gjLg kf}8]n÷ /f;;

महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी छन् ।

आज साँझ पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सदस्य-सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

पशुपति दर्शन विधिअनुसार मूलमन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले पूजा आराधना एवं दर्शन गरेको कोषका सदस्य=सचिव ढकालले राससलाई जानकारी दिए । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिएको थियो ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गरेको थियो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ ।

पशुपतिनाथ मन्दिर दर्शनका लागि लाइनमा बस्नेलाई आज रातभर पनि ढोका खुला रहने कोषले जनाएको छ । लाइनमा बस्ने भक्तजन सकिएपछि विशेष पूजाका लागि रसिद लिएका भक्तजनबाट पूजा आराधना गराइने छ । महाशिवरात्रिका दिन रात्रिकालको विशेष पूजाका लागि ३०० भन्दा बढी भक्तजनले रसिद काटेको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिनुभयो ।

आज बिहान २७ जना र दिउँसो करिब ९० जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराएका थिए । दिउँसो धेरै भक्तजनको भीड लाग्ने भएकाले विशेष पूजाको धेरै रसिद नकाटिएको कोषले जनाएको छ ।

महाशिवरात्रिका अवसरमा बिहीबारदेखि नै देश विदेशका भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको थियो । साधुसन्त भने बुधबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका छन् । यसवर्ष करीब चार हजार साधुसन्त पशुपति क्षेत्रमा आएका छन् । करीब ४०० भन्दा बढी नागा बाबा फागुन कृष्ण एकादशीदेखि पशुपति मूलमन्दिर परिसरमै बसेका छन् ।

पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा आएका सबै साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन गुठी संस्थान र कोषले दान दक्षिणासहित बिदाइ गर्ने जनाइएको छ । पशुपति क्षेत्र र टेकु एवं थापाथली क्षेत्रका विभिन्न अखडामा बसेका साधुसन्तलाई संस्थान तथा कोषले खाने एवं धुनीका लागि दाउरा दिएको संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले बताइन् ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई दिउँसोदेखि परेको पानीले प्रभावित बनाएको थियो । यसवर्ष विशेष सजावट गरिएकाले सामान्य पानी भने मूल मन्दिर वरपरको क्षेत्रमा छेकिएको देखिन्थ्यो । विगतभन्दा पशुपतिमा शिवरात्रि मेला व्यवस्थित देखिए पनि स्वयंसेवक र सुरक्षाकर्मीले आफ्ना मान्छे छिराएर लाइनमा बस्नेलाई दुःख दिएको गुनासो पनि भक्तजनको थियो । राष्ट्रपतिको समाचार सङ्कलनका लागि पशुपति क्षेत्र पुगेका केही सञ्चारकर्मीलाई समेत सुरक्षा निकाय र स्वयंसेवकले मूल प्रवेशमै रोकेका थिए ।

तपाईको प्रतिक्रिया