गुरुप्रसाद मैनालीको कथा नासो रंगमञ्चमा

सैलुङअनलाइन संवाददाता
112 Shares
काठमाडौं

गुरुप्रसाद मैनालीको कथा नासो रंगमञ्चमा नाटकका रुपमा मञ्चन हुने भएको छ । कथाकार मैनालीको कथामा आधारित नासो नाटक पुस ४ गतेदेखि मञ्चन हुने भएको हो ।

उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघरमा पुस ७ गतेसम्म मञ्चन हुने जनाइएको छ । नासो मैनालीद्वारा लिखित नेपाली  चर्चित कृति हो। सोही कथासङ्ग्रहमा नासो  कथा सङ्ग्रहित रहेको छ । कथासङ्ग्रहमा सङ्ग्रहित एघार कथामध्ये नासो कथा उत्कृष्ट मानिन्छ। नासो नाटकको निर्देशन राम केसीले गरेका छन् भने सह निर्देशक किरण चापागाईले गरेका हुन् ।

नाटकले ठेट नेपाली संस्कार मान्ने एउटा परिवारको बहुविवाहका कारण उत्पन्न समस्याहरुलाई समेट्ने जमर्काे गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका