प्रदेश १ को एमाले उम्मेदवार बराल आफ्नै सांसदको मत नपाएपछि पराजित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
98 Shares
विराटनगर, मोरङ

राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार गोला प्रथाबाट विजयी भएका छन् । निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरु बरालबीच बराबर मत आएपछि गोला प्रथा भएको थियो।

बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए । गोला तान्दा बस्नेत विजयी भए ।

प्रदेश १ का एमालेका दुई सांसदले बराललाई मत नदिँदा उनी पराजित भएका हुन् । यदि दुई मत पाएको भए बराल सहजै विजयी हुने थिए तर उनले दुई मत पाएनन् ।

एमालेका ४० जना सांसदले मतदान गरेपनि बरालले ३८ मत प्राप्त गरे । एमालेको एउटा मत राप्रपालाई गयो भने अर्को एक मत बदर भएको थियो । एमालेकै एक जना सांसद गुलेफुन मिया मत खसाल्न आइनन् । उनी सरकारी कागजात किर्ते मुद्दामा फरार सूचीमा छन् ।

तपाईको प्रतिक्रिया