मुख्यमन्त्री कँडेललाई विश्वासको मत

सैलुङअनलाइन
सैलुङअनलाइन
14 Shares
कर्णाली

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उनले विश्वासको मत प्राप्त गरेको हो ।

कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा ३५ सदस्य उपस्थित थिए । उपस्थित २३ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गरेको थिए । यस्तै १२ प्रदेशसभा सदस्यले उनको विपक्षमा मतदान गरेका थिए । एक सदस्य तटस्थ रहे ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न सभासमक्ष राखे प्रस्तावको पक्षमा जम्मा २३ मत परेको र उक्त सङ्ख्या प्रदेशभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

हाल कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० तथा नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक एक गरी ४० सदस्य रहेका छन् । प्रदेशसभाको अर्को बैठक यही वैशाख १७ गते दिउसो ३ः०० बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका