गौतम बुद्ध म्युजिक अवार्डबाट ४७ जना सम्मानित

सर्वोत्कृष्ट सह–निर्देशक अवार्डबाट रेशमकुमार स्याउली तामाङ सम्मानित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
182 Shares
काठमाडौं‌

“ अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत सगिंतको संरक्षण हाम्रो अभियान ” भन्ने मूल नाराका साथ गौतम बुद्ध म्युजिक एन्ड फिल्मस् अवार्डको ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ ।
बि.एस.के एक्टिभ नेपाल प्रा.लि.को आयोजना रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि उप सभामुख इन्दिरा राना र विशिष्ट अतिथि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ रहेको थियो ।

गत २०८० चैत्र २५ गते थाईल्याण्डको पतैया सहरबाट उद्घाटन कार्यक्रम सुरु भई २०८१ वैशाख ८ गते काठमाण्डौको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।

डिका गुरुङ, राजु खड्का, विजेन्द्र नौबागे, रोशन फ्युबा तामाङ, जित बहादुर पुर्जा पुन र निरेन श्रेष्ठ गरी ६ जना निर्णायक मण्डल रहेको अवार्ड कार्यक्रममा ४७ विधामा अवार्ड वितरण गरिएको थियो ।

प्रमुख अतिथि उप सभामुख इन्दिरा रानाको बाहुलीबाट नेपाली सांगीतिक नक्षेत्रका हस्तिहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा लोक प्रिय गायक याम बराल, रोहित अधिकारी, मर्नेन तामाङ, आरम्भ तामाङ, काले तामाङ, उत्सव सुब्बा लामा, माधव भण्डारी, गोपाल दयाल, रमला पाख्रिन तामाङ, विशाल योन्जन तामाङ रहेको थियो ।

त्यस्तै साँढे २ दशकदेखि सांगीतिक यात्रामा अनवरत रहेका गीत,संगीत,गायन हुँदै कलाकार,छायांकन तथा निर्देशनको भुमि खेलेका रेशमकुमार स्याउली तामाङले पनि सर्वोत्कृष्ट सह–निर्देशकबाट अवार्ड प्राप्त गरेका छन् । उनले नेपाली चलचित्रको सहनिर्देशकमा उत्कृष्ठ कार्य गरेबापत अवार्ड प्रदान गरेको आयोजकले जनाएको छ । त्यस्तै स्याउलीले तामाङ चलचित्र ग्याल्बो राजाबाट पनि अवार्ड प्राप्त गरेका छन् । कार्यक्रममा राज्यमन्त्री बन तथा वाताबरण मन्त्री  दिपक कार्कीबाट सम्मान गरेका हुन् ।

अवार्ड प्राप्त व्यक्तिहरुको नाम
पप गित
सरगम राई – सर्वोत्कृष्ट पप गित गायक
रोजन लामा – सर्वोत्कृष्ट रचनाकार (शब्द) पप गित
शिरेस थामा – सर्वोत्कृष्ट मोडल (पुरुष) पप गित
सुशिला तामाङ – सर्वोत्कृष्ट मोडल (महिला) पप गित
लोकेन्द्र तामाङ – सर्वोत्कृष्ट निर्देशक पप गित

लोक दोहोरी
कमाला थापा – सर्वोत्कृष्ट लोक दोहोरि गायिका
रितु तामाङ – सर्वोत्कृष्ट लोक दोहोरि मोडल ( महिला )
नारायनी – सर्वोत्कृष्ट लोक दोहोरि मोडल ( महिला ) पब्लिक च्वाईस
राम हरि भण्डारी – सर्वोत्कृष्ट लोक दोहोरि गायक
यमन खनाल – सर्वोत्कृष्ट लोक दोहोरि गायक पब्लिक च्वाईस
मदन नेपाली सुफिक्स – सर्वोत्कृष्ट लोक दोहोरि कम्पोजर
राम कुमार गजमेहर – सर्वोत्कृष्ट लोक दोहोरि नव मोडल ( पुरुष )
गोर ब. कार्की – सर्वोत्कृष्ट देउडा गायक
पार्वति थापा – सर्वोत्कृष्ट सालैजो गायिका
सिताराम राना – सर्वोत्कृष्ट सालैजो निर्देशक

चलचित्र ( नेपाली / तामाङ )
राज किङ बाईबा ( सुक ब. तामाङ) – सर्वोत्कृष्ट निर्देशक ( तामाङ चलचित्र )
सन्चु थोकर तामाङ – सर्वोत्कृष्ट छायांकार ( तामाङ चलचित्र )
सोनाम तामाङ – सर्वोत्कृष्ट नायक ( तामाङ चलचित्र )
सगिंता तितुङ – सर्वोत्कृष्ट नव नाीयका ( तामाङ चलचित्र )
रेशम कुमार श्याउली तामाङ – सर्वोत्कृष्ट सह–निर्देशक ( नेपाली चलचित्र )

तामाङ गित /शेर्पा गित÷/सेलो गित
 ङिमा घेलु लामा शेर्पा – सर्वोत्कृष्ट गायक ( शेर्पा गित )
मनिका सिङतान तामाङ – सर्वोत्कृष्ट महिला मोडल ( सेलो गित )
यमुना मगर – सर्वोत्कृष्ट महिला नव मोडल ( सेलो गित )
उपेन्द्र खड्का – सर्वोत्कृष्ट पुरुष नव मोडल ( सेलो गित )
अमृत तामाङ – सर्वोत्कृष्ट पुरुष मोडल ( सेलो गित )
स्व. लिलि योन्जन – सर्वोत्कृष्ट शब्दकार ( सेलो गित )
जोगलाल तामाङ – सर्वोत्कृष्ट गायक ( सेलो गित )
विपना तामाङ – सर्वोत्कृष्ट गायिका ( सेलो गित )
प्रकाश वाईबा – सर्वोत्कृष्ट गायक ( तामाङ गित )
आधुनिक गित
प्रचण्ड बाबु राई – सर्वोत्कृष्ट गायक ( आधुनिक गित )
भिम ब. मगर – सर्वोत्कृष्ट गायक ( नेपाली आईटम गित )
निता अचार्य – सर्वोत्कृष्ट गायिका ( आधुनिक गित )
प्रिती रिमाल – सर्वोत्कृष्ट गायिका ( आधुनिक गित ) पब्लिक च्वाईस
शंकर थापा (स्माइल) – सर्वोत्कृष्ट सगिंतकार ( आधुनिक गित )
कृष्ण क्षेत्री (नेपाली मान्छे ) – सर्वोत्कृष्ट रचनाकार ( आधुनिक गित )
गोविन्द सोनी – सर्वोत्कृष्ट ध्वनी मिश्रण ( आधुनिक गित )
तामाङ म्हेन्दोमाया गित
रमेश गोम्जा – सर्वोत्कृष्ट गायक ( म्हेन्दोमाया गित )
रिचा बुलुन – सर्वोत्कृष्ट गायिका ( म्हेन्दोमाया गित )
सन्जु लामा – सर्वोत्कृष्ट नव गायिका ( म्हेन्दोमाया गित )
ममता तामाङ – सर्वोत्कृष्ट मोडल महिला ( म्हेन्दोमाया गित )
सुनिता तामाङ – सर्वोत्कृष्ट मोडल महिला ( म्हेन्दोमाया गित ) पब्लिक च्वाईस
ननिता तामाङ – सर्वोत्कृष्ट मोडल महिला ( म्हेन्दोमाया गित ) जुरी अवार्ड
मिना तामाङ – सर्वोत्कृष्ट नव गायिका ( म्हेन्दोमाया गित ) जुरी अवार्ड
दुर ब्रेब गुरुङ – सर्वोत्कृष्ट मोडल पुरुष ( म्हेन्दोमाया गित )
एम. बी गुरुङ – सर्वोत्कृष्ट निर्देशक ( म्हेन्दोमाया गित )
सुर्य लामा – सर्वोत्कृष्ट नव गायक ( म्हेन्दोमाया गित )

तपाईको प्रतिक्रिया

पत्रपत्रिका