पूर्वसभामुख महराकी पत्नी सीताको निधन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1.2k Shares
काठमाडाैं

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको कोरोना सङ्क्रमितबाट मृत्यु भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत सीता महराको आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

महराका दुई छोरा र दुई छोरी रहेका छन् ।

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका सदस्य एवं पूर्व सभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमतीकाे असामयिक निधन भएकाेमा ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ –
“प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजी सहित संपूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

तपाईको प्रतिक्रिया

पत्रपत्रिका