राष्ट्रिय वाणिज्य बैङ्कबाट सिइओ श्रेष्ठ सेवा निवृत्त, खनाललाई कामुको जिम्मेवारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडाैं

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैङ्क सेवाबाट निवृत्त (अवकाश) भएका छन् ।

उनी २०७२ साल चैत २९ गते खुला प्रतिस्पर्धाबाट बैङ्कको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।

बैङ्कको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ ।

बैङ्क व्यवस्थापनको तर्फबाट एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैङ्क सेवाबाट बिदाइ गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा राष्ट्रिय वाणिज्य बैङ्कलाई सबल बैङ्कको रूपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको बारेमा चर्चा गर्दै उनीप्रति आभार व्यक्त गरिएको थियो । श्रेष्ठले ८ वर्षको अवधिमा आफूले पाएको साथ र सहयोग प्रति सम्पूर्ण सरोकारवाला प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त समारोहमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डङ्गोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरू, विभागीय प्रमुखहरू, प्रादेशिक प्रबन्धकहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका