कक्षा १२ परीक्षा सुरु, प्रश्न पत्र इमेलमार्फत पठाइँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं
रगञ्जको माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिन आज परीक्षा केन्द्रमा आएका विद्यार्थी ।

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ । परीक्षामा देशभरबाट तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी भएका छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

उनका अनुसार यस वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र रहेका छन् ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरी कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।

परीक्षामा लागि आवश्यक पर्ने उत्तर पुस्तिका लगायतका सामग्री परीक्षा केन्द्रहरूमा पुर्‍याउने कार्य सम्पन्न गरिसकेको छ । यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्न पत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका