सातै प्रदेशको बजेट विनियोजन‚ कुन प्रदेशको बजेट कति ?

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
98 Shares
काठमाडौं

सात वटा प्रदेशमा कुल कुल २ खर्ब ७९ अर्ब ६१ करोड ९६ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

शुक्रवार प्रदेशका अर्थमन्त्रीले आ–आफ्नो प्रदेश संसद्मा बजेट पेस गरेका हुन् । सबैभन्दा सानो आकारमा सुदूरपश्चिम प्रदेश बजेट ल्याएको हो भने सबैभन्दा धेरै बागमती प्रदेश सरकारले ल्याएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

यस्तै गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट ल्याएको हो ।  चालु आर्थिक वर्षमा लुम्बिनीले  ४२ अर्ब ६३ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।

यसै गरी मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।

कोसी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको हो ।

कर्णाली प्रदेश सरकारले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याएको छ ।

यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका