तामाङ कलाकार सङ्घको अध्यक्षमा विशाल काल्तान‚ को को बने कार्यसमिति ? हेर्नुस नामसहित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1.6k Shares
काठमाडौं

नेपाल तामाङ कलाकार सङ्घको अध्यक्षमा विशाल काल्तान चुनिएका छन् ।

शनिवार सङ्घको १६ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्ष काल्तानसहित २१ सदस्यीय नयाँ कार्यसमिति चुनिएका हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा‚ उपाध्यक्षमा सुवास मोक्तान‚ महासचिवमा खेम मोक्तान‚ सचिवमा निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरू बुद्ध लामा‚ रेश्मा बमजन‚ जितु लोप्चन‚ आसमान लोप्चन‚ जीवन बमजन‚ लक्ष्मी स्याङ्तान‚ अन्जु थोकर‚ मीन योन्जन‚ बसन्ती लामा‚ अनिता गोले‚ सुमिना लो‚ मिलन थिङ ‘पराङ’‚ प्रदीप लामा र स्मारिका थिङ तामाङ चयन भएका छन् ।

तामाङ कलाकारहरूको एकता, व्यावसायिकता बनाउने र समग्र तामाङ कलाकारहरूको हकहितको निमित्त २०६२ सालमा दर्ता तामाङ कलकारहरूको अभिन्न अङ्गको रूपमा स्थापित छन् । सङ्घ गठनको मुख्य उद्देश्य तामाङ कलकारलाई व्यवसायीका बनाउने, प्रकाशनमा आएका तामाङ गीतसङ्गीतको सङ्कलन तथा अभिलेखीकरण गर्ने र तामाङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने रहेका छन् । यसैअनुरूप गृहकार्य भइरहेका छन् ।

तामाङ गीतसङ्गीतको प्रवर्द्धन, संस्कार संस्कृतिको जगेर्नासँगै समुदायमा आपतविपतको बेला समेत सहयोगी संस्थाको रूपमा खडा भएको छ ।

संस्थामा करिब ४ सयको हराहरीमा सदस्यहरू आबद्ध छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका