काभ्रे सेवा समाजको अध्यक्षमा पुनः दिल

युएई
तस्वीर : नेत्र तामाङ

काभ्रे सेवा समाज युएईको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बर दुबईमा सम्पन्न अधिवेशनले २५ कार्यसमितिको नेतृत्वमा पुनः दिल लामालाई चयन गरिएको छ ।

समाजको वरिष्ठ उपाध्यक्ष गोविन्द पन्त, प्रथम उपाध्यक्ष योगेश लामा, उपाध्यक्ष नविन दोङ, महासचिव, जनक सापकोटा, सचिव ग्याम्जो लामा, सहसचिव ओम तामाङ, कोषाध्यक्षमा रविन्द्र बहादुर तामाङ, सहकोषाध्यक्ष माइला लामा र प्रवक्तामा सुनिल लामा चयन भएका छन् ।

त्यसैगरी महिला विभाग प्रमुख सावित्री पन्त, प्रशासन प्रमुखमा राजकुमार सापकोटा, अन्तर्राष्ट्रिय विभाग प्रमुख अशोक बानियाँ, सामाजिक विकास प्रमुख प्रदीप सापकोटा, सांस्कृतिक विभाग प्रमुख प्रवेग दोङ तामाङ, खेलकुद विभाग प्रमुख।निरञ्जन बस्नेतलाई चयन गरिएका छन् ।

सदस्यहरु क्रमश रविन श्रेष्ठ,आकाश लामा, चन्द्रबहादुर राउत, शैलेश तामाङ र केशरी तामाङ रहेका  छन् ।

अधिवेशनबाट पुन: चयन भएका अध्यक्ष लामाले दुबइमा रहेका सबै काभ्रेलीहरू एकीकृत हुनुपर्ने बताए । उनले समाजको सदस्य लिई काभ्रे समृद्धिलाई सार्थक बनाउने सहयोग गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया