बालगायक आचार्यलाई ५१ हजार पुरस्कार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
168 Shares
झापा

झापाको रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानले इटहरी-५ का प्रतिभाशाली ११ वर्षीय गायक प्रितम आचार्यलाई ५१ हजार १११ रुपैयाँ राशीसहित पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले आचार्यलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिठानका अध्यक्ष गंगाप्रसाद ओलीले कोभिड-१९ को महामारीका कारण पुरस्कार समर्पण गर्ने कार्यक्रम सहज स्थिति भएपछि तय गरिने बताए ।

इटहरीस्थित विश्व आदर्श एकाडेमीमा कक्षा ७ मा अध्ययनरत आचार्यले पाँच वर्षको उमेरदेखि गीत गुनगुनाउन थालेका थिए । उनले १० वर्षको उमेरमा भारतको जिटीभीद्वारा आयोजित सारेगमप लिटल च्याम्प प्रतियोगितामा तेस्रो उपाधि जितेर अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका थिए । उनलाई इटहरी उपमहानगरपालिकाले सद्भावना दूत नियुक्त गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका