फिप्नाको आगामी वर्षको रोडम्याप तयार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
147 Shares
न्युयोर्क

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)द्वारा आगामी बर्षको रोडम्याप तयार पारेको छ । आइतबार संघीय परिषदको भच्र्युअल बैठकमा फिप्ना केन्द्रीय कार्यसमितिले ४ विषयमा छलफल गरी रोडम्याप तयार पारेका हुन् ।

फिप्नाले नेपालका उत्पीडित जाती, समुदाय, क्षेत्र र लिंगका जनताहरूलाई राज्यको मूलप्रवाहमा समाहित गर्न उनीहरूको शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य, राजनीतिक सबै क्षेत्रमा सहयोगी भुमिका निर्वाह गर्न रचनात्मक कार्यक्रमहरू र परियोजनाहरू संचालन गरिने अध्यक्ष लोक चेम्जोङले जानकारी दिए ।

  • नियमित रूपमा वार्षिक आय व्याय समेटिएको आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन कोषाध्यक्ष र महासचिवले कार्यसमितिको तर्फबाट प्रस्तुत गर्नुभएकोमा उपस्थित सम्पूर्ण प्रतिनिधीहरू बाट सर्वसहमतीले पारीत भएको छ ।
  • बैठकमा महासंघको आगामी रणनीतिहरूको विषयमा वैचारिक मार्गचित्र कार्यसमितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नुभएको छ । यसबाट अबको फिप्नाले खासगरेर नेपालको आदिवासी जनजाति आन्दोलनको उपलब्धीहरूको रक्षाको लागी निरन्तर विभिन्न रचनात्मक भुमिका निर्वाह गर्ने साथै नेपालका उत्पीडित जाती , समुदाय , क्षेत्र र लिंगका जनताहरूलाई राज्यको मूलप्रवाहमा समाहित गर्न उनिहरूको शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य, राजनितिक सबै क्षेत्रमा सहयोगी भुमिका निर्वाह गर्न रचनात्मक कार्यक्रमहरू र परियोजनाहरू संचालन गरिने छ ।
  • फिप्नाको कार्यक्षेत्रलाई विकास र विस्तार गर्दै नेपाली अमेरीकन आदिवासी जनजातिहरूको साझा संस्थाको रूपमा विकास भएकोलाई अझ व्यापक बनाउदै आगामी दिनमा आदिवासीहरूको पेशागत संगठनहरूलाई पनि गोलबद्व गर्दै यसबाट युवाहरू, विद्यार्थीहरू , महिलाहरू , पत्रकारहरू , कलाकारहरू, कानुन व्यावसायीहरू , साहित्यकारहरू सबैलाई समेट्दै एकीकृत शक्ती निर्माण गर्दै जानु आजको आवश्यकता हुने नितिगत प्रस्ताव पारीत भएको छ ।
  • नेपाली अमेरीकनहरूको पहिचानलाई स्थापित गर्दै नेपाली कला , साहित्य, ईतिहास, भाषा , संस्कृतिको संरक्षण सम्बर्धन र प्रवर्धन गर्दै विश्वसमुदायलाई नेपालप्रती आकर्षित गराउने उदेश्यले नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्रको रूपमा न्यूयोर्कमा स्थापित गर्ने निर्णय पारीत भएको छ । यो विषयमा अझ थप प्रभावकारी र व्यवस्थित योजनाका साथ अगाडी बढ्नलाई थप गृहकार्य गरेर कार्यसमितिले योजना बनाउने छ।

तपाईको प्रतिक्रिया